दाङ । देउखुरीमा राप्ती नदीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । बिहिबार राप्ती नदी तरेर गढवा गाउँपालिका वडा नम्बर १ जेठान गाउँ जाने क्रममा नदीले बगाउँदा राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी अन्दाजी बर्ष ४२ का शंकर चौधरीको मृत्यु भएको हो ।
आज दिउँसो हँसिया,खुर्पा र फरुवामा आरन लगाउन जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइकी छिन् ।
त्यस्तै मृतक चौधरीलाई नदीले बगाएर सिसहनियाँ—महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल मुनि पुर्याएको थियो । मृतक चौधरीको शब पुल पुनी पानीमा तैरिरहेकोे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाए लगत्तै प्रहरी चौकी गोबरडिहा र ईलाका प्रहरी कार्यालय गढवाबाट आएको प्रहरी टोलीले मृतक चौधरीको शब नदीबाट निकालेको थियो ।
यसैगरी शब निकालेको केही समय पछि बल्ल शबको पहिचान भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । मृतक चौधरीको अहिले शब पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । पोष्टमार्टम पछि शब आफन्तको जिम्मा लाइने प्रहरी निरीक्षक केसीले जानकारी दिइन् ।