दाङ । राजपुरका एकजना बालकलाई भारतबाट उद्धार गरिएको छ । विगत एक वर्ष ६ महिनादेखि हराइरहेका राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी डम्बरबहादुर विकका छोरा १३ वर्षीय नितेस विकलाई भारतको गोण्डाबाट सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीले जानकारी दिनु भयो ।
विकलाई भारतको गोण्डाबाट शान्ति पुनस्थापना गृह कोइलाबास दाङले उद्धार गरेर इलाका प्रहरी कार्यालय गढवालाई बुझाएको शान्ति पुनस्थापना गृह दाङका प्रमुख कैलासो रानाले जानकारी दिनु भयो ।
उनि साथीसँग भारत घुम्न गएको र पैसा नभएकोले क्याफे सरसफाईको काम गरिरहेको अवस्थामा भेटिएका थिए । विक बालश्रम शोषणमा परेकोले भारतीय संघसंस्थासंग समन्वय गरि शान्ति पुनस्थापना गृह कोइलाबास दाङले उद्धार गरी इलाका प्रहरी कार्यलय गढवामार्फत मंगलबार अभिभावकलाई जिम्मा लगाइदिएको छ ।