Sidha Patra मंगलबार, आषाढ २१, २०७९

दाङ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताल्चा दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागमध्ये आधाभन्दा बढी माग सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताल्चा खुलेको हो ।

सहमतिअनुसार कार्यालयको मूलगेट र प्रशासन शाखा लगायतका ठाउँका ताल्चा खोले पनि उपकुलपति र रजिष्ट्रारको कार्यकक्षको ताल्चा भने यथावत् रहेको नेपाल विद्यार्थी सङ्घले जनाएको छ ।

विद्यार्थीको आउँदै गरेको परीक्षा र कार्यालयको दैनिक प्रशासनिक कार्य सञ्चालनलाई अवरोध नगर्ने उद्देश्यअनुसार दुई महिनादेखि गरिएको तालाबन्दी खोलेको नेपाल विद्यार्थी सङ्घ नेपाल संस्कृत विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक चोलेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

मागपत्रको सम्बोधन नभएपछि नेविसङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत गत वैशाख १९ गतेदेखि उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]