Sidha Patra आइतबार, आषाढ १९, २०७९

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्वागत तथा सम्मान गरेको छ ।

मन्त्री भैसकेपछि पहिलो पटक आफ्नो गृह जिल्ला दाङ आएका मन्त्री चौधरीलाई संस्थाले शनिबार आफ्नो कार्यालय परिसरमा स्वागत तथा सम्मान गरेको हो । संस्थाका अध्यक्ष जंगबहादुर चाैधरीकाे अध्यक्ष तथा शहरी बिकास मन्त्री मेटमणि चाैधरीकाे प्रमुख आतिथ्यतमा सम्पन्न भएकाे कार्यक्रममा शहरी बिकास मन्त्रीबाट लमही खानेपानीसंग जाेडिएका समस्याहरू नैतिक,भाैतिक र आर्थिक सहयाेग जस्तो सुकै सहयाेग आफुले गर्ने आश्वासन दिनु भएकाे छ ।

त्यस्तै उहाँले जनताको प्रतक्ष जीवनसंग जाेडिएकाे पानी जस्तो महत्त्वपूर्ण पदार्थलाई शुद्ध सफा र सहज रूपमा २४ घन्टा उपभोक्ताकाे घर घरमा पुर्‍याउन आग्रह समेत गर्नु भयाे । साथै कार्यक्रममा उहाँले नेपालकाे राजनैतिक ईतिहासमा देश र जनताकाे लागी र देशलाई आबश्यक दिशा निर्देश दिनकाे लागी सम्पूर्ण शक्ति पर्तिगमनका विरुद्ध एक भएर लाग्नुकाे बिकल्प नरहेकाे जानकारि दिनु भयाे

साथै मन्त्री चौधरीले लमही खानेपानीकाे नेतृत्व गरिरहनु भएका सम्पूर्ण जिम्मेवार साथीहरूलाई भ्रष्टाचार र कमिसनकाे खेलमा नलागि एकले अर्काे साथीलाई साथ सहयाेग गर्दै उपभोक्तालाई आफ्नो जुन जिम्मेवारी बाेकेर आउनु भएकाे छ उक्त जिम्मेवारी सफलता पुर्बक निभाउनलाई आग्रह गर्नुभयाे । कार्यक्रममा सस्थाका अध्यक्ष बाट संस्थाकाे जिर्ण रहेकाे कार्यलय भबन तथा चुना नियन्त्रण तथा भबिस्यमा पनि हाल दिई रहेकाे शेवालाई सहज रूपमा शेवा दिन सहजै पाउनका लागि थप आयाेजनाकाे माग पनि गर्नु भएकाे थियाे।त्यस्तै अैापचारिक रूपमा सम्पन्न भएकाे उक्त कार्यक्रममा ने.क.पा एकिकृत समाजवादीका महत्त्वपूर्ण जिल्ला तथा केन्द्रीय स्तरका नेताहरूकाे महत्त्वपूर्ण उपस्थिति रहेकाे थियाे । संस्थाकि उपाध्यक्ष सिता देबि चाैधरीकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन संस्थाका सचिब बसन्त आचार्यले गर्नु भएकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]