Sidha Patra आइतबार, आषाढ १९, २०७९

दाङ ।देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ मा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा शहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्वागत तथा सम्मान गरेको छ ।संस्थाले शनिबार आफ्नै कार्यालय भवनमा एक कार्यक्रमको आयोजना गरि नव शहरी विकास मन्त्री चौधरीलाई भव्य सम्मानका साथ स्वागत गरेको हो । सो संस्थाका सचिव लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले लमही नगरपालिकाको वडा नम्बर ७ र ९ मा रहेको दुई वटा समुहहरु एकदमै महत्त्वपूर्ण रहेकोले यस समुहको स्तर उन्नतिको लागि खसी,बोका बोकेर हिड्नको लागि एउटा गाडीको व्यवस्था गरिदिने मन्त्री चौधरीले प्रतिबद्धता जनाउनु भएको छ ।त्यस्तै उहाँले सरकारको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट सहकारी संस्थाको लागि गर्नु पर्ने सहयोग कतै कन्जुस्याइँ नगरि खुलेर सहयोग गर्ने बताउनु भएको छ ।संस्थाका अध्यक्ष पुनम घर्ती मगरको अध्यक्षता तथा शहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष देवीमाया थापाले संस्थालाई आवश्यक सहयोग प्रदानको लागि ज्ञापनपत्र बुझाउनु भएको थियो भने कार्यक्रमको संचालन बजार व्यवस्थापक हरिनारायण चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]