दाङ । दाङमा ग्यासको ढुवानी मूल्य बढाईएको छ । यस अघि ग्यास डिलरबाट उपभोक्ताको घरसम्म ग्यासको सिलिण्डर पुराएको ५० लिदै आएकोमा भोलीदेखी १ सय रुपैयाँ लिईने भएको छ ।
दाङ देउखुरी ग्यास बिक्रेता संघको आज घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा तथा सहसचिव लोकबहादुर वली, कोषाध्यक्ष तिलकबहादुर रोका, सदस्य गोपाल आचार्य, कोमलराज पाण्डे, शेषमणि खनाल र ग्यास बिक्रेताहरुको उपस्तिथीमा बसेको बैठकले ढुवानीमा ५० रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यसअघि ग्यास ढुवानी नूनतम ५० रुपैया लिदै आएकोमा पछिल्लो समयमा अधिकांश बस्तुमा महंगाई बढेकाले भोलिदेखि लागु हुने गरी ग्यासको ढुवानी नूनतम १०० रुपैया लिने निर्णय गरेको छ । हाल ग्यासको बिक्री मूल्य १८ सय र ढुवानी सहित १८५० लिईदै आएकोमा भोलीदेखी ढुवानी सहित १९ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने हुन्छ ।