दाङ । देउखुरीको लमहीमा रहेको लमही होटल व्यवसायी समितिको अध्यक्षमा निर्विरोध भुसाल गेष्ठ हाउसका संचालक नारायण भुसाल चयन भएका छन् ।
समितिको शुक्रबार सम्पन्न भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट भुसाल निर्विरोध अध्यक्षमा चयन भएका हुन् । जसको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत,उपाध्यक्षमा सुमित्रा बेल्बासे,सचिव राजेन्द्र पाण्डे,सहसचिवमा बाबुराम खनाल,कोषाध्यक्षमा श्यामबहादुर कँवुर,सदस्यहरुमा अनिता खनाल, लोकेन्द्रराज खनाल,कुन्जु गुप्त (हलवाई), शंकर भट्ट,बासुदेव खनाल,सुमित्रा बन्जाडे निर्विरोध चयन भएका छन् भने एकजनालाई कार्यसमितिको पहिलो बैठकबाट मनोनीत चयन गरि १३ जनाको कार्यसमिति बनाउने समितिले जनाएको छ ।
लमही होटल व्यवसायी समितिका अध्यक्ष हेमन्त पाण्डेको अध्यक्षतथा तथा लुम्बिनी प्रदेशका पर्यटन,ग्रामीण तथा शहरी विकास मन्त्री दिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करिब २९ लाखमा निर्माण भएको नव निर्मित समितिको भवनको उद्घाटन मन्त्री चौधरीले गरेका गरेका थिए ।चौधरीले उक्त भवनको उद्घाटन गर्दै पर्यटक पाहुनालाई खान बस्नको लागि राम्रो चाजोपाजो र व्यवस्थापन मिलाउने कार्य होटल व्यवसायीहरुको हातमा हुने भएको हुँदा यस समितिलाई मजबुत बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।
त्यसैगरि उनले आगामी दिनमा सधै लुम्बिनी प्रदेश सरकार होटल व्यवसायी समितिसंग रहने र आवश्यक सहयोग परेको खण्डमा निरन्तर गरि राख्ने बताए । यस्तै उनलेले उक्त समितिलाई तत्काल १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।दाङ जिल्लाका विभिन्न स्थानमा गठित होटल व्यवसायी समितिका पदाधिकारी र जिल्ला बाहिरका अन्य होटल व्यवसायी संघ तथा लुम्बिनी प्रदेश संघका अध्यक्ष एवं अन्य होटल व्यवसायी कर्मीको उपस्थितिमा भएको कार्यक्रमको संचालन समितिका सचिव नारायण भुसालले गरेका थिए ।