Sidha Patra शनिबार, आषाढ १८, २०७९

दाङ । भालुवाङकी ज्योति केसी एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका पुगिन् । पढाइकै क्रममा उनी अमेरिकी वायुसेनामा भर्ती भइन् । र, अहिले अन्तरिक्षयात्रीको तयारीमा जुटेकी छन् । २७ वर्षीया ज्याेतिले भर्खरै एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरेकी छन् ।

यही असार १ गते नेपाल आइपुगेकी केसी दाङ घर पुगेको भने तीन दिनमात्र भएको उनका बाबु नरबहादुर केसीले शिलापत्रलाई फोनमा जानकारी दिए । छोरीले अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकोमा निकै गर्व लागेको उनले बताए ।

ज्योतिले भनेकी छन्, ‘मैले भर्खरै एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरेको छु र आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएको छु।’

त्यस्तै उनले सामाजिक सञ्जालमा अन्तरिक्ष यात्रीको प्रशिक्षणबारे लेखेकी छन्, ‘सिरियस मिसनको कमाण्डर र इन्जिनियर समर्थनको रूपमा, मसँग संसारभरबाट चार चालक दलका सदस्यहरू थिए (अमेरिका, मेक्सिको, पोल्याण्ड)। यो हामी सबैको लागि एक अविश्वसनीय सिक्ने अनुभव थियो। तालिम पोल्याण्डमा दुई हप्तासम्म चलेको थियो, र म (लुनारेस रिसर्च स्टेशन) मा भाग लिने पहिलो नेपाली-अमेरिकी हुँ।’

अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गर्ने ज्योति सम्भवत पहिलो नेपाली हुन् । उनले भनेकी छन्, ‘नयाँ प्रविधिहरू, रोबोटिक उपकरणहरू, सवारी साधनहरू, बासस्थान, सञ्चार, ऊर्जा उत्पादन, डिजाइन, गतिशीलता, एयरो र हाइड्रो प्लान्टेशन, आदि हाम्रो भूमिकाहरूमा बारम्बार परीक्षण र अनुसन्धान गरिन्छ। अलगाव र कैद टोली गतिशीलता, मेनु थकान र अन्य व्यवहार प्रभावहरू पनि अवलोकन गरिन्छ। मलाई जीवनमा एकपटक अवसर दिइएको थियो। र म मेरा आमाबुवा, दाजुभाइ, आफन्त, साथीहरू र संयुक्त राज्य वायु सेना, तिनीहरूको ठूलो सहयोगको लागि मेरो आभार व्यक्त गर्न चाहन्छु।’

उनले एनालग अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेको खबरले भालुवाङमा अहिले हर्षको माहोल छ । उनी पढेको भालुवाङको विद्यालयले शनिबार उनलाई सम्मान गर्ने कार्यक्रम रहेको उनका बाबु नरबहादुरले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]