शिबराज पन्थी/गढवा बिहिबार, आषाढ १६, २०७९

दाङ । गढवा र राजपुरका निबृत्त शिक्षकहरुको बिहिवार गढवामा सम्मपन्न भेलाले दुबै गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।

जिल्ला अध्यक्ष गोबिन्द पौडेलको अध्यक्षता र केन्द्रिय उपाध्यक्ष शंकर दिवस मजगैंयाँको प्रमुख आतिथ्यमा गढवाको जनता माबिमा भएको शिक्षकहरुको एक भेलाले दुवै गाउँपालिकाको अलग अलग समिति सर्बसम्मत गठन गरेको हो ।

त्यस्तै भेलाले पुर्णबहादुर चौधरीको अध्यक्षतामा ९ सदस्यीय राजपुर गाउँपालिका स्तरीय समिति गठन गरेको छ । जसको उपाध्यक्ष चुडामणि चौधरी,महिला उपाध्यक्ष रिक्त,भैरब बहादुर चौधरी सचिव,चित्रनाथ योगी कोषाध्यक्ष र सदस्यहरुमा गोपाल प्रसाद चौधरी र तिलकराम बर्मा रहनु भएको छ भने महिला सदस्य र एक पुरुष सदस्य चयन गर्न बाँकी रहेको आयोजकले जनाएको छ ।

यसैगरी कपिलदेव खनालको अध्यक्षतामा ११ सदस्यीय गढवा गाउँपालिका स्तरीय समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा झाबेन्द्र प्रसाद चौधरी,महिला उपाध्यक्ष रिक्त,सचिवमा खगेश्वर शर्मा,कोषाध्यक्षमा टंक बहादुर बुढाथोकी,धर्मराज योगी,सन्तराम यादव।तिलकराम चौधरी,रघुनन्दन चौधरी,द्रोणाचार्य घिमिरे र एक महिला सदस्य रिक्त रहेको आयोजकले जनाएको छ ।

नवनिर्वाचित दुबै गाउँपालिकाका पदाधिकारीहरुलाई केन्द्रिय उपाध्यक्ष शंकर दिवस मजगैंयाँ,केन्द्रिय प्रतिनिधी जगतराम यादव,देउखुरी क्षेत्र नं.१ का क्षेत्रीय संयोजक राजेन्द्र प्रसाद चौधरी,जनता मावी गढवाका प्रअ रामसुरत यादव लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । दाङ जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको बिषय प्रबेश तथा स्वागत मन्तब्यबाट सुरु भएको भेलाको सहजीकरण सचिव दामोदर पाण्डेले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]