बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले दाङ लमही नगरपालिका वडा ४ बस्ने २३ वर्षीय किरण कुमाललाई पक्राउ गरेको छ ।
जमुनाह प्रहरीद्वारा शंका लागेर चेकजाँच गर्ने क्रममा लागुऔषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा जुत्तामा लुकाएर राखेको थियो । आन्दजी ९ ग्राम ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी इन्चार्ज वरिष्ठ सइ माधव रिजालले जानकारी दिनु भयो ।
पक्राउ परेका १ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।