दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङमा पहिलो पटक महिला इन्चार्ज बनेर आउनु भएका प्रहरी निरीक्षक रन्जु केसीले नागरिकको शान्ति-सुरक्षा कायम गर्न आफू कानुन अनुसार अघि बढ्ने बताएका छन् ।जनताको शान्ति-सुरक्षा गर्नु प्रहरीको कर्तव्य समेत भएको उल्लेख गर्दै त्यसमा आफ्नो युनिट सबै कटिवद्ध रहने बताए । जनता र प्रहरीबीच नङ र मासुको सम्बन्ध भएको भन्दै अपराध नियन्त्रणका लागि प्रहरीलाई सूचना दिन सबैले सहयोग गर्नुपर्ने उनले बताए ।