Sidha Patra शनिबार, आषाढ ०४, २०७९

दाङ । देउखुरी मोबाइल व्यवसायी संघले लमहीका नव निर्वाचन जनप्रतिनिधिलाई सम्मान तथा तीन महिने तालिमको शनिबार एक कार्यक्रमको बीचमा सम्पन्न गरेको छ ।

संघका अध्यक्ष बिजय सिंह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगरप्रमुख चौधरीले तीन महिने तालिममा सहभागी भएर तालिम प्राप्त गरेका प्रशिक्षार्थीलाई तालिमद्वारा सिकेको सीपलाई व्यबहारमा लागु गर्न आग्रह गर्नु भएको छ ।त्यस्तै उहाँले आगामी दिनमा लमही नगर भित्रका युवाहरुको लागि विभिन्न सीपमूलक तालिम सहित अन्य सरोजगारका कार्यक्रमहरु ल्याउन आवश्यक बजेटको व्यवस्थापन गर्ने बताउनु भयो ।कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले छिटोछरितो संसारमा छरिएर रहेका आम नागरिकलाई जोड्न सक्ने एक मात्र मोबाइल भएको हुँदा यसको व्यवस्थापन गरेर लैजानु पर्ने बताउनु भयो । सो कार्यक्रमको विशेष अतिथि समेत रहनु भएका योगीले मोबाईल व्यवसायी कर्मीहरुलाई आफ्नो पेशालाई अझै व्यवस्थित गराएर संचालन गर्न आग्रह गर्नु भयो ।त्यसैगरी कार्यक्रममा लमही नगरपालिकाका निवर्तमान नगरप्रमुख कुलबहादुर केसीले आफ्नो ५ वर्षको कार्यकालमा लमही नगरपालिका भित्रमा सीपसंग जोडिएका धेरै कार्यक्रमहरु संचालन गर्न सकेको बताउनु भएको छ । यस्तै उहाँले नव निर्वाचित जनप्रतिनिधिलाई अब बिनियोजित हुने बजेट जनताको आर्थिकसंग जोडिने हिसाबले यो वा त्यो पार्टीको विनियोजन गर्न आग्रह गर्नु भयो ।त्यस्तै कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)ले सीप सिकेर युवाहरु स्वरोजगार बन्ने हिम्मत गरेको खुशी व्यक्त गर्नु भएको छ ।

संघका उपाध्यक्ष दिनेश शर्मा भण्डारीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधि र निवर्तमान जनप्रतिनिधिलाई मायाको चिनो तथा प्रशिक्षार्थीलाई प्रमाणपत्र संघका अध्यक्ष बिजय सिंह ठकुरी र निवर्तमान अध्यक्ष भिम भुसालले प्रदान गर्नु भएको थियो ।

त्यस्तै मोबाइल व्यवसायी कर्मी गंगाराम पुन मगरले देउखुरी मोबाइल व्यवसायी संघलाई ५० वटा भेस्ट सहयोग गर्नु भएको थियो भने सो कार्यक्रमको संचालन संघका महासचिव राजु कुमालले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]