Sidha Patra बिहिबार, आषाढ ०२, २०७९

काठमाडौं । धनगढीबाट प्रहरीले नक्कली नोट सहित दुई जना मामा-भान्जालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँका २१ वर्षीय रामदास राना र १८ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरू नाताले मामा- भान्जा हुन्।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा रानाले बि युनिक नामक फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन्। वडा-३ स्थित सडकमा किशोरले चलाएको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री घाइते भएका थिए। उक्त यात्रीको उपचार गरेको पैसा तिर्ने क्रममा एक थान नक्कली नोट फेला परेको प्रहरील‍े जनाएको हो ।

त्यस्तै सोधपुछको क्रममा सो नोट रानाले छाप्ने गरेको बताएपछि रानालाई समेत नियन्त्रणमा लिएको प्रहरीले‍ जनाएको छ । प्रहरीले उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट,५ थान रंगिन मसीका डब्बा,एक थान रंगीन प्रिन्टर,एक थान मनिटर,एक थान सिपियू,एक थान लेमिनेसन मेसिन,एक थान किबोर्ड बरामद गरेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]