
jmb
Sys
jms
Ssbus
smb
Rg-9
Bpb
Asm
Ppu
Gsbus
gms

kbs
Dps
Hl1
Ln3
Gg1
Sbs
Ln9
Usb
Ln7
Asm
Ln1
bmj
Gg5
bml
Ln8
Ln2
cks
Gsb
Tsb
Rys

Sbs
Nps
Gg2
Sml
Snk
Rgu
Gg3
Ksb
Bpb
Gjl
ptl
Sab
Rss
Gg6
Jpb
Gg4
Jab
दाङ । देउखुरीको गढवा गाउँपालिकाको प्रेस संयोजकबाट शिवराज पन्थीले राजिनामा दिनु भएको छ ।
पन्थीद्वारा राजीनामा यसप्रकार रहेको छ:
संघीय संरचनाको सुरुवात संगै दाङ देउखुरी स्थित गढवा गाउँपालिकाको प्रेस सल्लाहकारको भूमीकामा रहि जननिर्वाचित प्रतिनिधीहरुको पहिलो कार्यकाल पुरा गरि दोश्रो कार्यकालको झण्डै एक महिना काम गर्ने मौका पाएँ ।
त्यस्तै यो अवधमिा गाउँपालिकाले गरेका भौतिक एवं सामाजिक बिकासका गतिविधी बिभिन्न श्रब्य दृष्य संचारमाध्यम मार्फत नागरिक सम्म पुर्याउने भूमीका सकेजत्ति रहयो । गाउँपालिकाले गरेका सकारात्मक गतिबिधि बाहिर ल्याउने र स्थानीय सरकारकै पक्षमा काम गर्ने दायित्व प्रति कञ्जुस्याई गरिन । यत्तिमात्र होइन प्रेस संयोजकको अर्को महत्वपुर्ण पाटो जिल्लाभरका सञ्चार माध्यम र संचारकर्मि साथीहरुसंग सकेजति समन्वय र सहकार्य गर्दै अघि बढ्नु र स्थानीय सरकारको सहयोग गर्नु । यो भूमीका प्रति मुल्यांकन भए नभए पनि मैले सकेजत्ति गरेजस्तो लाग्छ ।
मिडियामा गढवा गाउँपालिका नामको फेसबुक पेज बाट नियमित बिकास गतिविधी र सुचनाहरु अपडेट गरिरहें । उक्त पेजमा धेरै साथीहरु जोडिनु भएको छ । सकारात्मक सल्लाह सुझाव दिने र बिरोधाभाषका टिप्पणि गर्ने सबैप्रति सम्मान ब्यक्त गर्दछु । जसले मलाई र गाउँपालिकालाई पनि सकारात्मक दिशानिर्देश गर्नुभयो । अब उप्रान्त यो फेसबुक पेज मैले चलाउने छैन र अधिकार पनि रहने छैन । प्रसस्त साथीहरु जोडिनु भएकोले राजिनामा संगै आई डि तथा पासवर्ड गाउँपालिकालाई नै बुझाएको छु ता कि अब आउने साथीलाई पनि सुचना प्रबाह गर्न सहज होस । आइ डि तथा पासवर्ड चेञ्ज गरेर नाम यथावत राखि संचालन भयो भने सुचना प्राप्तीका लागि धेरैलाई सहज हुने छ ,जसबाट नियमित सुचना र समाचारहरु समेत अपडेड भै रहुन भन्ने अपेक्षा समेत राख्दछु ।
राजिनामामा कुनै कारण भन्नु छैन,आफ्नै स्व–ईच्छा हो । आगामी दिनमा पालिकाले मलाई संझिदा सकारात्मक कामकालागि असहयोग रहने छैन । अन्त्यमा म गाउँपालिकामा कार्यरत रहँदा सम्म जनप्रतिनिधीहरु तथा कर्मचारी परिवार र संचार माध्यम एवं पत्रकार साथीहरुको सकारात्मक सहयोग र सद्भावको उच्च सम्मान गर्दै हार्दिक आभार समेत ब्यक्त गर्दछु । मिडियामा गढवा गाउँपालिकासंग जोडिनु भएका सबैमा कदर र नमन ।
शिबराज पन्थी
मितिः२०७९।०३।०१ गते
