Sidha Patra मंगलबार, जेठ ३१, २०७९

दाङ । दाङमा पाँच दिनसम्म भव्यताका साथ भूमे पर्व मनाइने भएको छ । नेपाल मगर संघ दाङ शाखाले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजनामा असार १ गतेदेखि पाँच गतेसम्म मनाइन थालेको पर्वको बारेमा जानकारी दिएको हो ।

कोरोनाका कारण २ वर्ष यता मनाउन नपाइएको भूमे पर्व यसबर्ष भव्य कार्यक्रमको आयोजना गरेर मनाउन थालिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनले जानकारी दिएका छन् । उनका अनुसार भोली बुधवार असार १ गते विहान साढे ११ बजेदेखि कार्यक्रमका लागि सहिद लखन थापा पार्कबाट र्‍याली निकालिने भएको छ ।

भुमे पर्वको बुधवार दिउँसो १ बजेद नेपाल मगर संघको प्रांगणमा पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले बताए । उनका अनुसार पर्वको असार पाँच गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समापन गर्ने छन् ।

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश बरिष्ठ उपाध्यक्ष सितलाल पुनले खासगरी १८ मगरातहरुमा पुर्खादेखि मनाउदै आएको पर्व भएको जानकारी दिएका छन् । रोल्पाको माथिल्लो भेग र रुकुम पूर्वमा परापुर्वकालदेखिनै भूमेपर्व मनाउने गरिएको भएपनि दाङमा २०६२ सालदेखि मात्र मनाउन थालिएको हो ।

रोल्पा रुकुमवाट बसाइसराई गरी दाङमा आएका मगर समुदायले आफ्नो संस्कृति बचाउनका लागि पर्व मनाउन सुरु गरेका हुन् । पत्रकार भेटघाटमा नेपाल मगर संघ दाङका सचिव मुक्त बुढा मगरले भूमे पर्वको अवसरमा रुकुम पूर्वमा विदा दिइएको भएपनि दाङमा विदा नदिइएको प्रति गुनासो गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]