Sidha Patra शनिबार, जेठ २८, २०७९

दाङ । नेपाल सार्की समाज दाङले दुई महिने छाला जुत्ता उत्पादन तालिम सम्पन्न गरेको छ । गत चैत्र २८ गतेदेखी सुरु भएको दुई महिने तालिमको एक कार्यक्रम गरेर आज समापन गरिएको हो ।

समाजका अध्यक्ष देवकुमार नेपालीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवं घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढाको विशिष्ठ आतिथ्यतामा प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गरेर कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिसीले दलित समुदायको जुत्ता बनाउने पेशालाई आधुनिकता संग जोड्दै नयाँ पुस्ताको आक्रषण बढाउन आवश्यक रहेको बताउनु भयो ।

हिजो कामकै कारण विभेद सहनु परेको दलित समुदायले अव कामकै कारण सम्मान पाउने अवस्थाको श्रृजना गर्न सृजनात्मक तरिकाले काम गर्न आवश्यक रहेको बताउनु भयो ।

रोजगारीका लागि दैनिक रुपमा ठुलो जमात विदेशी भुमीमा पुगिरहेको अवस्थामा स्वदेशमै स्वरोजगार बन्न तालिममा सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्दै आर्थिक सम्बृद्धिको बाटोमा अघि बढ्न प्रशिक्षार्थिहरुलाई आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै घोराही १४ का वडा अध्यक्ष बुढाले नागरिकलाई रोजगारसँग जोड्न यस्ता खालका तालिमले महत्वपुर्ण टेवा पुराउने बताउनुभयो । दलित समुदायको सिप संरक्षण र उनिहरुलाई स्वरोजगार बनाउन यस्ता तालिमले महत्वपुर्ण टेवा पुराउने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाको १ लाख रुपैयाँको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा दलित समुदायका १५ जना युवाहरुको सहभागिता रहेको थियो । समाजका उपाध्यक्ष दुर्गा नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सन्तोष नेपालीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]