Sidha Patra शुक्रबार, जेठ २७, २०७९

दाङ । लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरीले”मेलमिलाप”नै विवाद समाधानकाे उत्तम उपाए भयकाे बताउनु भयकाे छ । समुदायमा हुने द्वन्द र झै झगडा जस्ता असहमतिका बिषयलाई सम्बादबाट सहमतिमा ल्यायर समाधान गर्नु विवाद समाधानकाे राम्रो पक्ष हाे मेयर चाैधरीले भन्नू भयाे । उहाँले लमही नगरपालिकाले नगर भित्रका विवादलाई सम्बाद बाटै निकास दिने र आबश्यकता अनुसार र सम्बाद समूहसंग समन्वय गर्ने बताउनु भयाे ।

सम्बाद समूह दाङले शुक्रबार देउखुरीका तीन पालिकाका प्रमुख तथा उपप्रमुख बिच सयुक्त रुपमा आयाेजना गरेकाे स्वागत तथा समन्वयात्मक छलफलकाे अबसरमा चाैधरीले साे कुरा बताउनु भएकाे हाे । साे अबसरमा राजपुर गाउँपालिकाका नब निर्बाचित अध्यक्ष शरद बुढाथोकीले पालिकाबासिकाे आधारभुत आबश्यकता पूरा गर्ने आफ्नाे पहिलाे जिम्मेवारी भएकाे बताउनु भयाे ।उहाँले राजपुरमा केही ठुला विवाद रहेकाेले समाधानका लागि सम्बाद समूहसंग सहकार्य गर्ने बताउनु भयाे ।

त्यस्तै गढवा गाँउपालिकाका अध्यक्ष प्रेम नारायण पाेखरेल शर्मा (विश्वास)ले पालिका भित्र पालिकाकाे समाङक,नदिजन्य पदार्थकाे उत्खनन् र राजस्व संकलनका सवालमा केही असमझदारीहरु रहेकाे र त्यस्ता असहमतिका बिषयलाई सहमतिमा ल्याउन सम्बाद समूहसंग समन्वय र सहकार्य गरिने बताउनु भयाे । पालिकाका नब निर्बाचत अध्यक्ष पाेखरेलले आफुले पालिकामा शिक्षा,स्वास्थ्य,सरसफाइ कृषि खानेपानी जस्ता आधारभूत आबश्यकता पूरा गर्न विशेष ध्यान दिदै पालिका बासिलाई छिटाे छरिताे जनमुखी सेवा प्रदान गर्न लागि पर्ने बताउनु भयाे।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी याेगी,राजपुर गाउपालिकाका उपाध्यक्ष धनपति यादब र गढवा गाँउपालिकाका उपाध्यक्ष शारदा चाैधरीले पालिका भित्रका बिबाद समाधानका लागि आफुहरुले सम्बाद समूहसंग समन्वय गर्नेबताउनु भयाे । कार्यक्रममा सम्बाद समुहका सहजकर्ता शुष्मा गिरीले सामाजिक न्यायका लागि सम्बाद समुहले विभिन्न क्षेत्रका द्वन्दरत पक्षहरुसंग छलफल गरि विवादकाे समाधान गर्दै आएकाे जानकारी दिनु भयाे । उहाँले सम्बाद समुहकाे परिचय गराउदै समुहले फाेजदारी बाहेक अन्य विवादहरुकाे समाधानकाे लागि विभिन्न निकायसंग आबश्यकता अनुसार सहजिकरणकाे भुमिका निर्बाह गर्दै आएकाे जानकारी गराउनु भएकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]