Sidha Patra मंगलबार, जेठ २४, २०७९

बर्दिया । मानव आक्रमणकारी बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरी बीच झडपभएपछि एक किशाेरीकाे मृत्यु भएको छ एकजना युवक गम्भीर घाइते भएका छन।

बर्दियाको मधुवन नगरपालिका वडा नं -२ स्थित सोनाहा गाउँ वनको छेउमा आफ्नो खेतमा काम गरिरहेकि ४१ वर्षिय अस्मिता थारुलाइ बाघले साेमबार बिहान आक्रमण गरि घाइते बनाएपछि सुरक्षाका लागि स्थानीयले प्रशासनलाई ध्यानकर्षण गराउन खाेज्दा घटना घटेकाे हाे।

त्यस्तै उक्त क्षेत्रका वन्यजन्तु पीडितहरुले सोमबार बिहानैदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन सुरु गरेकाेमा बेलुका ६ बजेतिर साेहि नगरपालिका २ र ३ सिमामा पर्ने ओराली बजारमा प्रहरी र प्रदर्शनकारी बिच झडप भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्न थालेपछि अवस्था तनावग्रस्त भएकाे हाे। झडपका बेला प्रहरीले गाेली चलाउदा मधुवन नगरपालिका –२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको र राकेश चौधरी गम्भिर घाइते भई उनकाे उपचार भइरहेकाे बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाले बताए।

स्थानीयवासीलाई प्रहरीले सम्झाइ बुझाइ गर्दा उल्टै प्रहरी माथि ढुगांमुढा गर्न थालेपछि प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरे पनि भीडले उग्ररुप लिएपछि गाेली चलाएकाे र झडपमा परि २ दर्जनभन्दा बढी प्रदर्शनकारी सहित ८ जना प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए। प्रजिअ बास्तोलाले भने प्रहरी माथि नै आक्रमण भएपछि बाध्यताले गाेलि चलेछ ।

यस्तै उहाँहरुलाई हामीले छलफलमा आउनुस भन्दा वन कार्यालयका प्रमुख पनि खाेज्नु भाे तर वनका हाकिम साव कामकाे सिलसिलामा बाहिर हुनुहुन्छ,वन कार्यालयकाे प्रतिनिधि राखेर छलफल गरौ भन्दा उहाँहरुकाे अटेरीका कारण याे अवस्था आयाे,प्रहरीले सडक संचालन हुन दिन मात्रै आग्रह गरेकाे हाे,तर उहाँहरुले अनिश्चित चक्का जाम भन्दै सडक छाेडनु भएन अवस्था नियन्त्रणमा लिन खाेज्दा धेरै क्षति भयाे।´ अहिले हामी छलफलमा छौ बाकी बेलुका सम्म केही निर्णय हाेला।

गृहमन्त्रीकाे निर्देशनमा छानविन समिति गठन

मन्त्री स्तरीय निर्णयबाट नै गृहमन्त्री बालकृष्ण खाँणकाे निर्देशनमा गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएकाे छ।

अन्य सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य छन् । उक्त समितिलाई सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यवधि दिइएको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]