पद्मप्रसाद शर्मा शुक्रबार, जेठ २०, २०७९

दाङ। नेपाल निवृत शिक्षक समाजको घोराही उपमहानगरपालिका स्तरीय प्रथम भेला आज घोराही १८ स्थित माध्यमिक विद्यालय रझेनामा सम्पन्न भएको छ । समाजका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता, केन्द्रीय प्रतिनिधि एवं निवर्तमान अध्यक्ष लालामणि पन्तको प्रमुख आतिथ्यता र माध्यमिक विद्यालय रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सेवा निवृत शिक्षकहरु सेवा निवृत भएका मात्र हुन उनीहरुमा रहेको योग्यता र दक्षताको कदर गर्दै स्थानीय निकायदेखि केन्द्रसम्मका सरकारहरुले उचित सम्मान र आश्यक नीति नियम निर्माणमा परिचालन गर्नु पर्दछ । राज्यबाट सुविधा लिए पनि हालसम्म कुनै तहका सरकारले सेवा निवृतहरुलाई उचित स्थान नदिएको पाइएको छ । भेलामा प्रमुख अतिथि लालमणि पन्त , विशिष्ठ अतिथि उद्धव न्यौपाने , सल्लाहकार हरिप्रसाद गौतम , माधव न्यौपाने , सहभागीको तर्फबाट विश्वेश्वर पाण्डेय लगायतले बोल्नुभएको थियो ।

यसैबीच,भेलाबाट घोराही उपमहानगरपालिका स्तरीय नगर समिती चयन गरिएको छ । जसको अध्यक्षमा विश्वेश्वर पाण्डेय, महिला उपाध्यक्षमा बाल्मी केसी,उपाध्यक्षमा बलदेव अधिकारी, सचिवमा नुमाकान्त न्यौपाने, कोषाध्यक्षमा माधवप्रसाद पौडेल चयन हुनुभएको छ ।

सदस्यहरुमा सीता पौडेल, किशोर पाण्डे,बासुदेव पाण्डे, विष्णु अधिकारी,होमलाल केसी,गोकर्ण अधिकारी,चन्द्रकान्त लम्साल,देवेन्द्रकुमार रिजाल, रामहरि रिजाल र तीर्थराज आचार्य चयन हुनुभएको छ । सेवा निवृतशिक्षक समाज दाङका उपाध्यक्ष पद्मप्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव दामोदर पाण्डेयले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]