Sidha Patra बुधबार, जेठ १८, २०७९

कपिलवस्तु । नेपाल–भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुँदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन्न ।

भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे परसुरामपुर घाट र नरायनापुर घाट हुँदै वारिका गेडुवाजाेत,मानपुर,नरायनापुर गाउँका काष्ठ उद्योगहरुसम्म पुर्याउछन । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट छ ।

त्यस्तै तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउँ वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि १२ बजेभित्र नजिकका काठ उद्योगमा पुर्‍याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ । काठ तस्करीबारे सुरक्षा निकायपनि अनभिज्ञ छैन्न कृष्णनगर इप्रका , गणेशपुर इप्रका र डालपुर सशस्त्र बीओपीकाे क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेकाे दुई देश बीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षाैता विपरित कार्य हाे साथै जानि जानि वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरु माथि नाकेल कस्न नसकेकाे सेक्टर बन कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रस्ट छ ।कपिलवस्तु टाइम्स डटकम ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]