शिबराज पन्थी/गढवा मंगलबार, जेठ १७, २०७९

दाङ । मंगलवार गढवाका तरकारीखेति किसान र तरकारी फलफूल ब्यवसायीहरु लाई स्थानीय सरकारसंग समस्या उजगार गर्ने साइत जुरेको छ । स्वान नेपालले गढवामा कृषि तथा स्थानीय उत्पादनको बजारीकरण बिषयक अन्र्तकृयाको आयोजना गरि किसान,ब्यापारी, जनप्रतिनीधि र बिषयगत शाखाका कर्मचारीलाई एकै थलोमा जुटाएको हो ।

हामी किसानहरुलाई भनेको बेला मलखाद पाइदैन,बिउबिजन र बिषादी पनि अत्यन्तै महंगो पर्छ । किनेर लगेको कतिपय तरकारीको बिउ त उम्रीन्न पनि–गढवा ५ लोखरपुरका किसान शान्ती चौधरीले भन्नुभयो । गढवा ५ धर्मपुरकि किसान फूलमति चौधरीले प्रसस्तै तरकारी उत्पादन गर्नुहुन्छ तर गढवामा सबै तरकारी बिक्दैन । तरकारीको बजार खोज्न घोराही पुग्नुपर्छ । त्यहाँ पुगेर सडकपेटीमा तरकारी बेच्दा नगरपालिका र प्रहरीले हाम्रा ढक,तराजु र तरकारी सडकमा फाल्दिन्छ । न त किसानको उत्पादन भएको तरकारी बेच्ने बजार छ न गढवामा भण्डारण गर्ने कोल्ड स्टोर नै छ । यसको ब्यवस्थापन स्थानीय सरकारले गर्नुपर्यो–उहाँले भन्नुभयो ।

गढवाका मोतिपुर,कान्छीगाउँ,झारबैरा,सेमरी, बोधीपुर,तकियापुर र धर्मपुरमा किसानहरुले करिब १२ मास तरकारी खेति गर्छन तर बिक्री गर्ने बजार नहुँदा टोकरीमा बोकेर गाउँ–गाउँमा पुग्नुपर्छ– कार्यक्रममा उपस्थित किसानहरुले सामुहिक गुनासो गरे । एता बजारमा तरकारी फलफूलका पसल दर्ता गरेर राज्यलाई कर तिर्दै ब्यवसाय गर्ने ब्यापारीहरु किसानले घर–घरमा तरकारी पुर्याईदिदा मारमा परेको बताउँछन् ।

कार्यक्रममा भेला भएका किसान तथा ब्यापारीहरुको एउटै गुनासो थियो–स्थानीय सरकारले हाम्रो उत्पादनलाई भण्डारण र बजारीकरणमा सहयोग गर्नुपर्यो । स्वान नेपालका उपाध्यक्ष सिता चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले किसानहरुको उत्पादनलाई बजारीकरण र भण्डारणका लागि ब्यवस्थीत कोल्डस्टोर बनाउन केन्द्र र प्रदेश सरकारसंग कुरा राख्ने र स्थानीय सरकारको तर्फबाट पनि पहल गर्ने बताउनुभयो । बिषयबिज्ञ सहितको गुरुयोजना तयार गरि कृषिलाई उत्पादनमुखि,ब्यवसायिक र आत्मनिर्भर बनाउने गाउँपालिकाको अबको योजना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गढवा गाउँपालिका वडानं.६ का वडा अध्यक्ष बिरबहादुर आले,वडानं.४ का वडा अध्यक्ष हरिभगत चौधरी,पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी,कृषि अधिकृत शिसिर रेग्मी,स्वच्छ ब्यवसायी समूह नेपालका बासुदेव घिमिरे,किसानहरु तथा ब्यवसायिहरुले बोल्नु भएको थियो । स्वानका कार्यक्रम संयोजक रेवन्त चौधरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]