Sidha Patra सोमबार, जेठ १६, २०७९

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

सो ठाँउमा यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए। आइतबार बिहानदेखि हराइरहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

थासाङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको बताए। उनकाअनुसार यार्सा टिप्न गएकाहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गरेका हुन्। ‘सुमित गौचनलगायत टोलीले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गर्नुभएको हो। उहाँले फोटोसमेत पठाउनुभएको छ,’वडाध्यक्ष शेरचनले भने, ‘उहाँ वडा नम्बर ३ लेतेको बासिन्दा हो। जहाज हराएको भन्ने खबर पाएपछि उहाँ हिजो खर्क जानुभएको थियो । यार्सा खोज्न गएकाहरूसँग राति गोठमा बसेर उहाँसहितले आज बिहान करिब दुई घन्टा माथि पुग्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि खबर गर्नुभयो।’

यस्तै गाउँबाट जहाज दुर्घटनाग्रस्त भएको ठाउँमा पुग्न करिब चार घन्टा लाग्ने उनले बताए। मौसम सफा हुँदै गएकोले जहाज दुर्घटनास्थल वरपर हेलिकप्टरबाट जाने तयारी गरिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पनि तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन् । आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमान स्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। उक्त जहाजमा २ जना जर्मन,चार भारतीय र १३ नेपाली यात्रु थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]