“म चुनावमा बिजयी भै सके भनी ढुक्क नपर्नु जन्ताको अभिमत को कदर गर्नु । जहाँ अभावै अभाव छ त्यहाँ पुग्ने गर्नु आमाको अमुल्य आशिर्वाद लाई शिरभर गरि अघि सर्नु ।”
सत्य आमाको दूध पिएको छोरोले झुट र बैमान नगर्ला जन्तालाई दिएको प्रतिबद्धता प्रती ओझेलमा पार्ने काम नगर्ला ।
यो चुनावमा तिमी के के बोलेका छौँ एक एक हिसाब जन्ता कहाँ छ्न । साक्षी खोज्न कुनै बैज्ञानिक मेथर्ड को लागि टाढा जान पर्दैन,जन्ताका कानमा भरिएको कुरो झुटो हुने गर्दैन । लामा लामा गफहरु जन्ता ले धेरै सुनी सके जान्ने सुन्ने भए देखि कैहौँ भोगे ।
जन्तालाई कुरो भन्दा काम गरि देखाउने ब्यवहार खोजेका छ्न । केहि हुन्छ कि भनेर नयाँ नयाँ अनुहार रोजेका छ्न । तिमी पनि त्यस्तै पुरानै शैली मा हिडैयों भने जन्ताको माग प्रती गम्भीर बनेनौ भने । जन्ताको आस्थामा चोट लाग्ने छ,यो युग सम्म आउँदा वीर हरु ले दिएको समर्पण लाई ,समेत अपमान हुने छ । लेखक:-जुँगराज राँहु मगर