शिबराज पन्थी/गढवा सोमबार, जेठ ०९, २०७९

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ६ कार्यालयको आयोजनामा सोमवार निवर्तमान जनप्रतिनिधीको सम्मान तथा बिदाई र नवनिर्वाचित जनप्रतिनिधीहरुको स्वागत कार्यक्रम सम्पन्न गरिएको छ ।

नवनिर्वाचित वडा अध्यक्ष बिरबहादुर आलेको अध्यक्षता र पुर्व गाबिस अध्यक्ष भगवती प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा निवर्तमा जनप्रतिनिधीहरुले पाँच बर्ष सम्म वडाको बिकास र समृद्धिका लागि गरेको योगदानको कदर गर्दै सम्मान–पत्र र करुवा प्रदान गरिएको छ ।

यसैगरी कार्यक्रममा उपस्थित राजनितिक दल संघसंस्थाका प्रमुख वा प्रतिनिधीहरुले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई फूलमाल, अबिर र खादाले स्वागत सम्मान गर्नुभएको छ । कार्यक्रममा नवनिर्वाचि जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाली काँगे्रसका हुकुमराज यादव,नेकपा एमालेका दामोदर ढुंगाना,माओवादी केन्द्रका महेश अधिकारी, जनता समाजवादी पार्टीका महबुव अली मुसलमान,निवर्तमान जनप्रतिनिधी श्रीराम यादव,गढवा बहुमुखी क्याम्पसका प्रमुख देवराज पाठक,गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर,नेपाल हृदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्य,चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,जनता माबी गढवाका अध्यक्ष युवराज पोखे्रल लगायतले बधाई तथा शुभकामना मन्तब्य दिनु भएको थियो ।

कार्यक्रमको संचालन पत्रकार शिबराज पन्थीले गर्नुभएको थियो । सो कार्यक्रममा बोल्दै नवनिर्वाचित जनप्रतिनिधीहरुको तर्फबाट वडा अध्यक्ष बिरबहादुर आले र वडा सदस्य दिनमणि आचार्यले आम नागरिकहरुको मर्म र साझा नेता बनेर जनाताले चाहेको काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]