Sidha Patra शनिबार, जेठ ०७, २०७९

दाङ । नागरिक समाज दाङले कृषकलाई सहज रुपमा मल बीउ,किटनाषक औषधी,औजार लगायतका सामग्री सर्वसुलभ रुपमा व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा आज शनिबार घोराहीमा बसेको बैठकले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न माग गरेको हो । जेठ १ गतेदेखि शनिबार र आईतबार हप्तामा २ दिन सार्वजनिक विदा दिने निर्णयले सार्वभौम सत्ता सम्पन्न जनतालाई स्थानीय,प्रदेश र संघीय सरकारले उपलब्ध गराउने सेवा सुविधा छिटो छरितो प्रवाह गर्न दुई दिने विदाका कारण सेवाको समयावधि लम्बिने भएकाले पूनर्विचार गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

त्यसैगरी स्थानीय,प्रदेश र संघीय सरकारबाट सेवाग्राहीलाई उपलब्ध गराउने सेवा सुविधा प्रभावकारी बनाउन प्रत्येक महिनामा एक कार्यालय स्थलगत अनुगमन गर्ने निर्णय कार्यान्वयन स्वरुप घोराही उपमहानगरपालिकामा जाने निर्णय भएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । महिला हिंसाका घटना दिनानूदिन बढ्दै गएको प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण गराएको छ । जघन्य अपराधका घटना हुन नदिन र पीडकलाई कानून अनुसार हदैसम्मको सजायको व्यवस्था कडाईका साथ लागू गर्न स्थानीय सरकारमार्फत नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।

यस्तै, बैशाख ३० गते र जेठ ३ गते स्थानीय तह निर्वाचन दाङमा शान्तिपूर्णमा सम्पन्न गराउने कार्यमा खटिने निर्वाचन अधिकृत, राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय, जनप्रतिनिधि, आम मतदातालगायत सबै निकाय, पदाधिकारीहरुलाई धन्यवाद दिँदै नवनिर्वाचित पालिकाका सबै जनप्रतिनिधिहरुको जनताको सेवामा मन, वचन र कर्मले दत्तचित्तका साथ काम गर्न शुभकामना व्यक्त गरेको समाजका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]