दाङ । स्थानीय तह निर्वाचनका लागि सुरक्षार्थ भर्ना भएका म्यादी प्रहरीहरुलाई दाङमा बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले एक कार्यक्रम गरि म्यादी प्रहरीहरुलाई बिदाई गरेको हो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि म्यादी प्रहरी हरुलाई धन्यवाद सहित प्रमाण पत्र दिएर बिदाई गरिएको हो । प्रमुख जिल्ला अधिकारी रेग्मीले चुनाव निकै संबेदनशिल पाटो भएको र म्यादीहरुले आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेको भन्दै उच्च प्रशंसा गर्नुभयो ।
साथै प्रहरी प्रमुख, प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले उनिहरुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेको, अनुशासित भएका कर्तव्य पालना गरेको, त्रुटी रहित ढंगले जिम्मेवारी निभाएको भन्दै धन्यवाद दिनुभएको थियो । दाङमा १७ सय ७ जना म्यादी भर्ना भएका थिए ।
पछि ७ जना विबिध कारणले आउन नसकेको र १७ सय जनाले जिम्मेवारीलाई कुशलतापूर्वक जिम्मेवारी निभाएको उहाँको भनाई छ । उनिहरुको तलब, भत्ता लगाएतका सेवा सुबिधाहरु बैंक मार्फत भुक्तानी गरिएको समेत प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
विदाई कार्यक्रममा बोल्ने दुई जना म्यादी प्रहरीले पनि निर्वाचन गराउने सुरक्षाको पाटो महत्वपूर्ण भएको र आफुहरु छनोटमा परेर कुशलता पूर्व सेवा गर्ने अबसर पाएकोमा खुशी व्यक्त गरेका थिए । म्यादी प्रहरीले करिब ४० दिन काम गरेका थिए ।