Sidha Patra शनिबार, जेठ ०७, २०७९

प्यूठान । शुक्रबार साँझ आएको हावाहुरीले विद्युत्‌का पोल ढाल्दा उत्तरी प्यूठानको नौबहिनी क्षेत्रका अधिकांश स्थानमा विद्युत् अवरुद्ध भएको छ । नौबहिनी गाउँपालिकाका विभिन्न ठाउँमा पोल र रुखहरू ढलेर तार चुडिएका कारण विद्युत् अवरुद्ध भएको स्थानीय प्रकाश घिमिरेले जानकारी दिए । हावाहुरीले ठाउँठाउँमा रुखहरू ढाल्दा ग्रामिण सडकहरु पनि अवरुद्ध भएका छन् ।

विद्युत्‌का पोल ढल्दा र रुख ढलेर तार चुडिँदा नौबहिनी गाउँपालिकाको फोप्ली, लुप्लुङ्ग, लुंग, खवांग, डार्मी, लिघालगायत बस्तीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । अवरुद्ध विद्युत् सुचारुका प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।

एक्कासी आएको हावाहुरीले प्यूठानको लुंगमा रहेका बालविकास केन्द्र, लुंगकै सचेतना केन्द्र, नेरा प्रावि बास्कोट तथा फोप्लीको स्वास्थ्य चौकीको छाना उडाएको थियो । साँझ ६ बजेतिर आएको हावारहुरीले स्वर्गद्वारी नगरपालिकाको जुडापाटाको कृषि फार्ममा पनि क्षति पुर्‍याएको छ । हावाहुरीले दर्जनौं सर्वसाधारणको घरको छाना समेत उडाएको छ । हावाहुरीले झिमरुक गाउँपालिकालगायत क्षेत्रमा पनि क्षति पुर्‍याएको छ । कान्तिपुरबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]