Sidha Patra शनिबार, जेठ ०७, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा नव निर्वाचित गाउँ सभा सदस्यहरुलाई एक कार्यक्रमको बीचमा शुक्रवार सपथ ग्रहण गराइएको छ ।

नव निर्वाचित राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमद्वारा नव निर्वाचित गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष,वडा सदस्यहरुलाई अध्यक्ष बुढाथोकीले सपथ ग्रहण गराउनु भएको हो । अध्यक्ष बुढाथोकीले गाउँसभा सदस्यहरुलाई सपथ ग्रहण गराउदै आफ्नो पदीय दायित्वलाई आत्मसात गरेर समग्र राजपुर गाउँपालिकाको विकास निर्माणमा खट्न अनुरोध गर्नु भएको छ । त्यस्तै उहाँले राजपुर गाउँपालिका अन्य पालिकाको तुलनामा भौगोलिक बनोटको आधारमा धेरै ठुलो र विकटता भएको हुँदाअब कुनैपनि विकास निर्माणका कार्यहरु गर्दा बजेटहरु कनिका छरे जस्तो नछरिने बताउनु भयो ।त्यसैगरी अध्यक्ष बुढाथोकीले निरन्तर बिदा नभनी, विश्राम नगरी आफ्नो ५ वर्षको कार्यकालमा अहोरात्र खटेर समग्र राजपुर गाउँपालिकाको शिक्षा,स्वास्थ्य, कृषिलाई पहिलो ग्राहेता दिदै अन्य थुप्रै कार्यहरु क्रमशःगर्ने बताउनु भयो । उहाँले राजपुर गाउँपालिका भित्रका विद्यालयहरुमा अहिले भर्ना लिएको भएपनि प्रअहरुलाई लिउन अनुरोध गर्नु भएको छ । कार्यपालिका बैठक बसेर अभिभावक हरुसंग शुन्य शुल्क लिएर विद्यार्थीहरुलाई पठनपाठन गराउने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नव निर्वाचित गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले यस अघि पनि आफू गाउँपालिकाको उपाध्यक्ष हुँदा थालनी गरेका धेरै कामहरु अधुरो रहेकोले अब सो कार्यलाई निरन्तरता दिएर काम गर्ने बताउनु भएको छ ।कार्यक्रममा राजपुर गाउँपालिका निवर्तमान अध्यक्ष लोकराज केसीले आफ्नो कार्यकालमा देउखुरी, खोला र नाकालाई जोड्नेको लागि प्रदेश र संघीय सरकारसंग समन्वय गरेर ३ वटा ट्राक खोल्न सफल भएको र सेवासुविधा सम्पन्न वडा नम्बर १,२,४,५,७ को वडा कार्यालयको भवन निर्माण,आधारभूत स्वास्थ्य इकाई,सिमा सुरक्षाको लागि शस्त्र प्रहरी बेस क्याम्प स्थापना लगायत अन्य धेरै विकास निर्माणको कामहरु सम्पन्न गरेको र केही थालनी भएको हुँदा अब ती कार्यलाई निरन्तरता दिन नव निर्वाचित जनप्रतिनिधिलाई अनुरोध गर्नु भयो ।यस्तै केसीले कोभिड-१९ ले आफ्नो दुई वर्षको कार्यकाल त्यतिकै अलमलाइ दिएको हुँदा अपेक्षा गरे अनुसार कार्य गर्न नसकेकोले अबका नव निर्वाचित जनप्रतिनिधिले सहकार्य एवं समन्वय गरे खण्डमा आफुले जानेको र अनुभव गरेका हरेक अनुभवलाई सहयोग तथा सेयर गर्ने बताउनु भएको छ ।

कार्यक्रममा राजपुर गाउँपालिकामा निर्वाचन गराउन खट्नु भएका निर्वाचन अधिकृत बसन्तराज पुरीले राजपुर गाउँपालिकामा आफू छोटो समय रहदै गर्दा खोला नाकाका नागरिकहरुको दैनिकी समस्यालाई आफुले बुझ्न् सकेको बताउनु भयो ।त्यस्तै उहाँले चुनाव प्रचारप्रसारको समयमा रातदिन नभनी खटेर जनताको माझ धेरै एजेन्डा प्रस्तुत गरेको आधा मात्र दिनमा खटेर लागि परे राजपुरको विकासले गति लिउने बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर ७ का निवर्तमान वडा सदस्य तथा राजपुर गाउँपालिकाका न्यायक समितिका सदस्य लिलाराम बि.कले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैगरी कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष,सदस्यलाई सम्मान पत्र सहित फुलमाला,अबिर, दोसल्ला ओढाएर भव्य साथ बिदाई गरिएको थियो ।राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर गाउँपालिकाका निवर्तमान जनप्रतिनिधि,गाउँपालिका वडा पालिकाका कर्मचारी,विद्यालयका प्रअ,स्वास्थ्यका प्रतिनिधि,सुरक्षा कर्मी,संचार कर्मीको उपस्थिति रहेको कार्यक्रमको संचालन राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत शरद रेग्मीले गर्नु भएको थियो । त्यस्तै उक्त कार्यक्रम सुरु हुनु अघि गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपती देवी यादवले रात्रि प्राथमिक विद्यालय गंगदीको प्राङ्गणमा एक एक वटा स्वामिको बिरुवा रोप्नु भएको थियो । त्यस्तै राजपुर गाउँपालिकाको कार्यपालिका सदस्यहरु निर्वाचन यहीँ जेठ ११ गते बिहान १० बजे हुने निर्वाचन अधिकृत बसन्तराज पुरिले जानकारी दिनु भएको छ । यसैगरी अध्यक्ष बुढाथोकीले शुक्रबार नै आफ्नो पदभार ग्रहण गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]