दाङ । रेडियो मध्यपश्चिमले मनायो १६ औँ स्थापना दिवसमा रेडियोको चौतर्फी विकाससँगै विशिष्टीकृत विकासलाई विशेष प्राथमिकता दिन वक्ताहरुको सुझाव दिएका छन् ।
प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले मुलुकको परिवर्तनमा संचारमाध्यमको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । वर्षौदेखिको राजनीतिक संघर्षलाई निर्णायक मोडमा पुर्याउन तथा नागरिकको चेतना स्तर कायम राख्न रेडियोले निकै ठूलो योगदान पुर्याएको बताउनुभएको छ ।
आवाजहीनको आवाज बनेर १६ वर्षदेखि दाङको घोराहीबाट सशक्त प्रशारणमा रहेको दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा संचालित रेडियो मध्यपश्चिमको १६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रेडियोका संस्थापक अध्यक्ष समेत रहनुभएका प्रमुख अतिथि शर्माले देशमा रहेका तमाम सम्भावनाहरुको उजागर गरेर अब नागरिकलाई उत्पादनसँग जोड्ने गरी राष्ट्र निर्माणमा जिम्मेवार ढंगले लाग्न रेडियोले रचनात्मक भूमिका खेल्नुपर्ने बेला आएको बताउनुभयो । समाजलाई सही ढंगले अघि बढाउन विगतका कमजोरी सच्याउँदै रेडियो अघि बढेको उहाँको भनाई छ ।
आवाजः नारायण शर्मा
यस्तै, प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले लोकतन्त्रको रक्षाका लागि हिजोका दिनबाटै रेडियोले खेलेको भूमिकालाई अझ सशक्त बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।
आवाजः महरा
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद कृष्णकिशोर घिमिरेले सकारात्मक चिन्तनका साथ रेडियोले खेलेको भूमिकामा सफल भएको बताउनुभयो ।
आवाजः कृष्णकिशोर
नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले अहिलेको जमाना पनि राजनीतिक दलले राजनीतिक चेतना दिन नसकेको स्वीकार गर्दै रेडियोले अब यसको जिम्मेवारी लिनु अपिल गर्नुभयो ।
आवाजः हुकुम बस्नेत
यस्तै, न्यायपरिषदका पूर्व सदस्य पदमप्रसाद वैदिकले रेडियो मध्यपश्चिमले चौतर्फी विकाससँगै विशिष्टीकृत विकासलाई विशेष प्राथमिकता दिएर अब अघि बढ्नुपर्ने बताउनुभयो ।
आवाजः वैदिक
यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले रेडियो सुगम र दुर्गम सबै क्षेत्रका नागरिकको भरपर्दो सारथी बनेको बताउनुभयो । देश कोरोना कहरका बेला आक्रान्त भईरहँदा आम नागरिकलाई हौसला प्रदान गर्ने र सुसूचित गराउनेदेखि चेतना कायम गर्न रेडियोले अग्रणी भूमिका खेलेको बताउनुभयो ।
आवाजः विपुल
कार्यक्रममा पूर्व सभामुख कष्णबहादुर महरा, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, नागरिक समाज दाङका संयोजक केबी मसाल, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा, नेकपा एकीकृत समाजवादीका गुरुप्रसाद महरा, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, श्रोताहरुका तर्फबाट प्राध्यापक सुन्दर गौतम, घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख होमलाल भुसाल, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासी, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, गोरखा इन्टरनेशनल ग्रुपका अध्यक्ष मानबहादुर बुढालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
रेडियो संचालक समितिका अध्यक्ष मधुसुदन वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुबाट प्राप्त रचनात्मक सुझावलाई आत्मसा तगर्दै आगामी दिनमा रेडियोको प्रशारणलाई अझ परिष्कृत बनाउँदै लैजाने अठोट लिर्ईएको छ । कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा समाार शाखामा कार्यरत चन्द्रप्रकाश नेपाली र कार्यक्रम प्रस्तोता रचना चौधरीलाई सम्मासनत एवं पुरस्कृत गरिएको थियो भने उत्कृष्ट विज्ञापन दाताका रुपमा वुद्ध हस्पिटललाई सम्मान गरिएको थियो । उपाध्यक्ष सुदर्शन रिजालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव शारदा शर्माले गर्नुभएको थियो ।