Sidha Patra शनिबार, बैशाख ३१, २०७९

रौतहट । रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द भएको छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका २५ मतदान केन्द्र रद्द भएकोमा रौतहटमा मात्रै १६ मतदान केन्द्रको मतदान रद्द भएको हो । आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का दुई मतदान केन्द्रको मतदान रद्द भएको जनाएको छ । सो मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको थियो ।

यसै गरी गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा विवादको क्रममा झडप हुँदा १५ जनाको टाउको फुटेको थियो । जसका कारण सो ठाउँमा रहेका दुई वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ । गढीमाई नगरपालिका–६ स्थित सिंगारवनमा रहेको दुई वटा मतदान केन्द्रका मतदान रद्द गरिएको छ । विवादको क्रममा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकल समेत आगजनी गरिएको थियो ।

त्यस्तै बौधिमाई नगरपालिका–२ का ३ वटा मतदान केन्द्र र वडा नम्बर ९ को दुई वटा मतदानकेन्द्रको मतदान पनि रद्द भएको छ । बौधिमाई नगरपालिका–२ स्थित इनरवा मतदान केन्द्रमा प्रर्दशनकारीले मतपेटिका फुटाएका थिए । मतदान स्थलको सबैभन्दा विचित्र दृश्य भने रौतहटको यमुनामाईमा देखिएको थियो । युमनामाई गाँउपालिका वडा नम्बर १ र २ का मतदान केन्द्रमा विवाद उत्पन्न भएको थियो ।

यसैगरी यमुनामाई–२ भेडियाहीमा मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेर भागेका थिए । मतदान केन्द्रमा रहेका सुरक्षाकर्मीकै अगाडिबाट मतपेटिका बोकेर भाग्दा पनि सुरक्षाकर्मी मुकदर्शक बनेर बसेका थिए । मतपेटिकका लुटिएको मतदान केन्द्रको निर्वाचन पनि रद्द भएको छ । यमुनामाई गाँउपालिका– १ का तीन वटा र वडा नं। २ का दुई केन्द्रको मतदान रद्द भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]