कपिलवस्तु । पटक पटककाे लकडाउन र सिमा बन्दले ध्वस्त बनेकाे कृष्णनगर बजारमा अहिले चहल पहल बढेकाे छ ।
विश्वव्यापी महामारी काेराेनाकाे संक्रमण बढ्दै गएका कारण गरिएकाे लकडाउन र नेपाल-भारत सिमा बन्दले जिल्लाका प्रमुख नाकासंग जाेडिएका कृष्णनगर, मर्यादपुर लगायतका बजारहरु सुक्दै गएका थिए । जिल्लाकाे प्रमुख व्यापरिक केन्द्रकाे रुपमा कृष्णनगरका व्यवासायीहरु झन पीडित बनेका थिए ,सटर भांडादेखि कर्मचारी खर्चसम्म जाेहाे हुन नसक्ने अवस्थामा पुगे । कतिपय त पारि भारतकाे बढ्नी बजारमा पसलखाेले त कतिले पसल नै बन्द गरि अर्काे पेसा अंगाले ।
जिल्लाकाे कृष्णनगर बजारमा अहिले चहल पहल बढ्नुकाे मुख्य कारण लकडाउन हटेपछि सिमा नाका निर्वाधरुपमा सुचारु हुनु नै रहेकाे स्थानीय व्यापारीहरुकाे भनाई छ । उद्योग वाणिज्य संघ कृष्णनगरका सदस्य आशिष् गाेयल भन्नुहुन्छ ‘भित्री नाका खुलेपछिकाे व्यापार राम्राे भएकाे छ तर बजारलाई अझ व्यावस्थित बनाएमा झन टेवा पुग्ने छ ।’ बाटाे- नाली बनिरहेकै छ,एउटा हाट बजार र गाडि पार्किङ्गकाे सुविधा थपेपछि कृष्णनगर बजारकाे बिकास झन राम्राे हुने गाेयलले बताउनुभयाे । कृष्णनगरमा चाइना, काेरिया, ताइवान लगायतका इलेक्ट्रिक र इलेकट्रानिक्स सामान ,लुगा कपडा , ज्याकेट र केही मात्रमा मसला सामग्रीहरुकाे व्यापार हुने गरेकाे छ । लकडाउन र सिमा बन्दले भारतीय ग्राहक आउने संख्या लगभग शून्य भएकाे थियाे तर अहिले सिमा नाका सुचारु हुने भएकाले व्यापार सुध्रिन लागेकाे व्यापारी अजित सिंह बताउंछन ।
तात्कालिन केपी शर्मा ओली र प्रचण्डकाे सरकारले षड्यन्त्र गरि तराई मधेशका जनतालाई झन आर्थिक विपन्नता ल्याउन काेराेनाकाे बाहाना देखाई पटक पटक लकडाउन र नेपाल-भारतकाे सिमा बन्द गरेकाे थियाे तर वर्तमान सरकारले सबै नाका निर्वाद रुपमा खाेलेर व्यापारलाई प्राथमिकता दिएकाे नेपाली कांग्रेस प्रतिनिधि सभा ३का सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे । सांसद शाह भन्नुहुन्छ – कृष्णनगरकाे भित्री नाका खाेलाउनमा नगरप्रमुख रजत प्रताप शाहले पटक पटक जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा निवेदन गरेका कारण खुलेकाे छ । निर्वाचनमा मात्र देखिने नेताहरु काेहि कसैले व्यापारी र आम जनमानसकाे बारेमा साेच्दैन्न । यसपालीका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका धेरै जसाे नेता व्यापारी र चुनावका बेला मात्र देखा पर्ने हुन तर हामी चाैेबिसै घण्टा जनताकाे बीचमा रही सेवा गर्दै आएकाले निर्वाचित भईरहेका छाैं र हुन्छौं पनि ।
बीस वर्षदेखिकाे जनप्रतिनिधि विहिन स्थानीय तहमा निर्वाचन २०७४ पछि नगरपालिकाकाे बिकास निर्माणका काम सुचारु गर्न नीति नियम बनाउन नै एक बर्ष खर्च भयाे अहिलेपनि केही नितिहरु बाकि नै रहेकाे निर्वर्तमान नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे । उनी भन्छन – बिकासका कामहरु थुप्रै भएका छन जसमा शिवराज अस्पतालमा अप्रसेन थ्याटर भवनसहितकाे २५ सैयाकाे अस्पताल, विभिन्न वडामा स्वास्थ्य चाैकी,गाउंभित्रका सडक लगायत नगरकेन्द्रसम्म कनेक्टविटि राेड तथा पुल, टिन छानामा अध्यापन हुँदै आएका विद्यालयमा पक्की भवन निर्माण,कृष्णनगर बजार राेड र बहादुरगंज बजार राेड निर्माणधीन अवस्थामा छन ।
नगरपालिकाले आफ्नाे बजेट अनुरुपका याेजना संचालन गरिरहेछ तर केही राजनितिक व्यक्तिहरु बदनाम गराउने,मन्त्रालयलाई उक्साउने र म विरुद्ध लामबाद्ध भई बिकासका काममा बाधा पुर्याउने गरेका थिए । कुनै पार्टीमा आवद्ध नरहेकाले राजनितिक संरक्षण तथा ठुला याेजना पाउन गाह्राे हुँदै गएकाे थियाे,सबै पार्टीवालाले यस नगरपालिकालाई हेर्ने दृष्टिकोण फरक भईरहेकाे थियाे त्यही भएर नेपाली कांग्रेसमा आवद्ध भए ।
कृष्णनगरका व्यासायीलाई मैले कहिले पनि समस्यामा पारेन,जहिलेपनि सहयाेग गरेकाे छु । बिकासका काम एकैचोटीमा समपन्न हुदैन्न विस्तारै बिस्तारै हुने प्रक्रिया हाे । नगरभित्र पुराना जीर्ण मन्दिर, धर्मशालाहरु पुनर्निर्माण गराई सकेकाे छु अबकाे आउने निर्वाचनमा जनताले अवसर दियाे भने ३ र ५ बर्षीय लघु याेजना तैयार गरि अगाडि बढ्ने छु र आफ्ना पुर्वाजकाे सपना जिल्ला कै सुन्दर र बिकसित क्षेत्र बनाएरै छाड्ने छु ।
त्यस्तै बजारभित्र सार्वजनिक स्थलमा शुद्धपानी , छाडा चाैपायाहरुकाे व्यवस्थापन र व्यवसायीहरुकाे सुरक्षा तथा संरक्षण आवश्यक रहेकाे उद्योग वाणिज्य संघ का पुर्व अध्यक्ष गुरुशरण सिंह उर्फ बन्टी सरदारले बताउनुभयाे । कृष्णनगर नाका भारतीय रेल्वेसंग सबभन्दा नजिक बजार भएकाले सम्बन्धित सबैले ध्यान दिन जरुरी देखिएकाे पुर्वअध्यक्ष सिंहकाे भनाई छ ।