दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ गन्धैला नाकामा ५ घर र अन्य गाइको गोठ तथा बाख्राको खोर गरि एघारवटामा आगलागी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको छ ।
आइतबार दिउँसो अन्दाजी २/३ बाजेको समयमा जंगलबाट एक्कासी हावाको माध्यमद्वारा लागेको आगोले एघारवटा घर र गोठ जलाएको हो ।
शुरुमा रामबहादुर बिकको एउटा थाती घर,गाइको गोठ,बाख्राको खोर जलाएको थियो । त्यस्तै क्रमशःगणेश पुनको घर,गोठ,निम बहादुर पुनको एक घर,भान्सा घर र गाइको गोठ जलेर नस्ट भएको छ भने जिबलाल बिकको घर र भान्सा घर,बाख्राको खोर,गाइको गोठ र एक गाइ पनि जलेको छ । यसैगरी बम बहादुर पुनको एक घर जलेर नस्ट भएको र घर,गोठ तथा खोरबाट कुनैपनि अन्न लत्ताकपडा,भाडाकुडा, लगायत अन्य धनमाल समेत जलेको त्यस गाउँका समाजसेवि प्रमोद घर्तीले जानकारी दिनु भयो ।
यस्तै उक्त आगोलाई स्थानीय बासी,शस्त्र प्रहरी, नेपाल प्रहरी र इन्डियन एस.एस.बिको सहयोगमा सामान्य रुपमा निभाइएको छ । अहिलेसम्म गाउँको वरपर आगो बलिरहेको र पुर्णरुपमा ननिभिएको हुँदा राती कतै ठुलो मात्रामा हावा चलेको खण्डमा पुनः अन्य घरमा आगलागी हुन सक्ने स्थानीय सुतली बिकले जानकारी दिनु भयो । त्यसैगरी सो घटनाको मुचुल्का प्रहरीद्वारा प्राप्त नभएको हुँदा यति रकम बराबरको क्षति भएको भन्ने विषयमा थप विवरण दिन सकिएको छैन । बाँकी थप विवरण हामी तपाईलाई दिने छौं ।