तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका बुधबार, बैशाख ०७, २०७९

दाङ । कार्य स्थलमा हुने यौनजन्य दुर्ववहार निवारण आचार संहिता २०७४ को स्थानियकरण सम्वन्धि राप्ती गाँउपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगंजको, नौबस्ता अपाङ संघ बाके र राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा कार्यालयमा हुन सक्ने यौनजज्य दुव्र्यवहार र निवारणका विषयमा रहेर अभिमुखीकरण गरिएको हो । राप्ती गाँउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा शाखा प्रमुख तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन अनुसार अब सरकारी कार्यालय तथा निजी संघसंस्थामा महिला, पुरुष वा अन्यमाथि हुने कुनै पनि किसिमका यौन हिंसाबारे उजुरी गर्न सकिन बारे जानकारी दिईएको छ । अपाङ संघ बाकेका कार्यक्रम संयोजक गणेश प्रसाद पाण्डे र सहजकर्ता रिता कटुवालले सहजिकरण गर्नु भएको कार्यक्रममा यौनजन्य आशयले शरिरको कुनै अंगमा छोएमा वा छुने प्रयास गरेमा,अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धीत शब्द–चित्र पत्रपत्रिका, श्रब्यदृश्य सूचनाप्रविधिको प्रयोग वा प्रदर्शन गरेमा, यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा, यौनजन्य आशयले जिस्काएमा वा हैरानी पारेमा यौन हिंसा भएको मानिने जानकारी गरिएको छ ।

कार्य स्थलमा हुने यौनजज्य दुव्र्यवहार निवारण आचार संहिता २०७४ ऐन अनुसार त्यस्तो क्रियाकलाप देखाउनेविरुद्ध महिलाले मात्रै नभइ जो कसैले आफूमाथि हिंसा भएको ठाने उसले उजुरी गर्नसक्नेछ हिंसा गर्नेमाथि पीडितले पहिला आफ्नो कार्यस्थलको व्यवस्थापकलाई १५ दिनभित्र र त्यहाँबाट सुनुवाई नभए सुरुमा प्रमुख जिल्ला अधिकारीलाई र त्यहाँबाट पनि निर्णय चित्त नबुझे अन्तिम सुनुवाईको लागि पुनरावेदन अदालतमा उजुरी दिन सकिने व्यवस्था छ ।

अभिमुखिकरण कार्यक्रममा पालिकाको तर्फवाट कार्य स्थलमा हुने यौनजज्य दुव्र्यवहार निवारणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने, बजेट विनियोजन गर्ने, अनुगमन समिति निर्माण गर्ने, ऐन निर्माणका लागि समिति गठन गर्ने बारेमा समेत छलफल गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]