
Gsbus
Ssbus
smb
Ppu
gms
Sys
jms

Hl1
Ssb
Gg5
bmj
Dps
Tsb
Gsb
kbs
Ln3
bml
Ln7
Ln8
Ln2
Ln9
Usb
Sbs
Asm
cks
Rys
Gg1

Snk
Sbs
Jab
Gg6
Sab
Rgu
Gg3
ptl
Nps
Jpb
Bpb
Gg4
Gg2
Sml
Ksb
Gjl
Rss
दाङ । घोराहीको गोग्ली नजिकै आज बिहान साढे ६ बजे भानपुर चोकमा दुई वटा बाइक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा घोराही उपमहानगरपालिका कुइरेपानीका अन्दाजी २१ वर्षिय अर्जुन खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनु भयो ।
यसैगरी घोराहीदेखि लमही जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुबै मोटरसाइकल ठोक्किएपछी घोराही तर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खड्का उछिट्टिएर लमही तर्फ जांदै गरेको टिप्परमा ठोक्किएर गम्भीर घाइते भएको प्रहरी प्रमुख काफ्लेले बताउनु भयो । गम्भीर घाइते खड्काको उपचारकै क्रममा ज्यान गएको उहाँको भनाई रहेको छ ।
टिप्पर चालक प्रहरीको नियन्त्रणमा
मृतक खड्काका आफन्त लगायत स्थानीयले उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै बिहानै देखि घोराही लमही सडक अबरुद्ध पारेका छन् । सडक अबरुद्ध हुँदा सैयौ सवारीसाधन बाटोमै रोकिएका छन् । यता दाङका प्रहरी प्रमुख काफ्लेका अनुशार पीडित पक्ष र सरोकार वालासंग छलफल भैरहेको भन्दै केही बेरमै सडक खुल्ने जानकारी दिनि भयो । दुर्घटनाका टिप्पर र दुबै मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।
