
Gsbus
Sys
Ppu
Rus
gms
smb
Ssbus
jmb
Asm
sks
Bpb
jms
Ddh
Rg-9

Ln3
Ln7
Gg1
Dps
Ln1
bmj
bml
Tsb
Ln8
Gg5
Asm
Ln2
Hl1
cks
Rys
Gsb
Ssb
kbs
Ln9
Sbs

Jpb
Gg6
Gg3
Gg2
Sab
Sbs
Sml
Snk
Ksb
Bpb
Rgu
Jab
Nps
ptl
Rss
Gjl
Gg4
दाङ । नेपाल मगर संघ दाङले दाङकाे घाेराहीमा प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।
मगर संघ घाेराही उपमहानगरपालिका नगर स्तरीय समितिले आईतबार घाेराहीमा पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता गर्ने बारे जानकारी गराएको हाे ।
नगर अध्यक्ष देवबहादुर बुढा मगरकाे अध्यक्षतामा आयाेजित पत्रकार सम्मेलनमा जिल्ला प्रशासन वा दाङ जिल्ला फुटबल संघमा आवद्ध क्लबले मात्रै सहभागिता जनाउन पाउने बताईएकाे छ । जिल्लाका क्लब भएपनि खेलाडी देशभरबाट सर्तमा रही खेलाउन सकिने बताईएकाे छ । माघ २९ गते बेलुकी ५ बजेसम्म क्लव दर्ताकाे समय निर्धारण गरेकाे संस्थाले टिम दर्ता शुल्क ७ हजार निर्धारण गरेकाे छ ।
नकआउट चरणमा खेलाईने प्रतियोगिताकाे टाईसिट फागुन १ गते प्रकाशित गर्ने र फागुन २ गतेबाट प्रथम सहिद लखन थापाकाे १४५ औं स्मृति दिवसकाे सन्दर्भ पारेर खेलकाे उदघाटन गरिने नेपाल मगर संघ घाेराही नगरस्तरीय अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिनुभयो । प्रतियोगिताकाे विजेता क्लबले नगद १ लाख, प्रमाण पत्र र मेडल पाउने छ भने उपविजेता क्लवले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाउने छ । यस्तै, यस वर्षबाट प्रतियोगिताकाे अन्तिम चारमा पुगेका दुई क्लबलाई पनि सान्त्वना स्वरुप नगद साढे १२ हजारका दरले प्रदान गरिने भएकाे छ । स्वर्गीय गणेश प्रसाद राेकामगरले स्थापना गर्नुभएको अक्षयकाेषबाट विजेतालाई प्रथम पुरस्कार र पूर्वअध्यक्ष जंगबहादुर पुनले स्थापना गर्नुभएको अक्षयकाेषबाट उपविजेतालाई पुरस्कृत गरिने गरिएको छ । जिल्लामा २०५७ सालदेखि संचालन हुँदै आएकाे प्रतियोगिता सशस्त्र द्वन्द्वका समयमा केही वर्ष स्थगित भएको थियाे । विकेन्द्रीत गरिएको प्रतियोगिता गत वर्ष तुलसीपुर नगर कमिटीले संचालन गरेकाे थियाे ।
प्रतियोगिता व्यवस्थित रुपमा संचालन गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । घाेराही नगर उपाध्यक्ष मित्रलालब बुढाकाे संयाेजकत्वमा प्रतियोगिता आयाेजक उपसमिति गठन गरिएको अध्यक्ष बुढा मगरले बताउनु भयाे । जस अनुसार,
आर्थिक उपसमिति संयाेजकमा दिपेन्द्र पुन, अनुशासन उपसमिति संयाेजकमा मुक्त बुढा,स्वास्थ्य उपसमिति संयाेजक दिलबहादुर घर्ती,स्वयंसेवक परिचालन उपसमिति संयाेजकमा तेजु पुन मगर, प्रचारप्रसार उपसमिति संयाेजकमा प्रेम राम्जालाई जिम्मेवारी प्रदान गरिएको छ ।
घाेराहीमा हुने प्रतियोगिताकाे तयारी तीव्र पारिएको उहाँले बताउनु भयाे । खेल क्षेत्रकाे विकास र सक्षम खेलाडी उत्पादनमा टेवा पुर्याउने लक्ष्यसहित संघले लखन थापाकाे स्मृतिमा प्रतियोगिता संचालन गर्दै आएकाे छ । गत वर्ष तुलसीपुरमा भएको प्रतियोगितामा घाेराहीकाे युएनबीसी विजेता बनेकाे थियाे ।
