दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १७ औं साधारणसभा तथा ७ औं अधिवेशन यहीँ माघकाे १६ गते आइतबार लमहीकाे सार्वजनिक बगैचामा हुने भएको छ ।
आज आइतबार देउखुरीको लमहीमा संम्पन्न भएको सर्बदलिय तथा सर्बपक्षिय बैठकले यस्ताे निर्णय गरेको हाे । यस अधि माघकाे १५ गते सभा गर्ने निर्णय गरिएको थियाे ।
पहिले सत्यसाइ हलमा गरिने भएता पनि अहिले लमहीकाे सार्बजनिक बगैचामामा गरिने र मिति माघकाे १६ गते काेभिड बढ्दै गएका कारण संम्पुर्ण स्वास्थ सुरक्षाकाे मापदण्ड पालना गरेर ठिक ११ बजे देखि उद्धघाटन गरिने कार्यक्रम रहेको संस्थाका सचिब सनम कुमार पाैडेलले जानकारी दिनु भएको छ । संस्थामा हाल कुल ४५०५ जना मतदाता रहेका छन् ।