Sidha Patra मंगलबार, जेठ २६, २०८३

रुकुमपूर्व । पर्यटन प्रवर्द्धनसँगै स्थानीय युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले पुथा उत्तरगंगा गाउँपालिकामा १५ दिने ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा युवा विकास केन्द्र (वाईडीसी) ले सञ्चालन गरेको तालिम मंगलबारदेखि पुथा उत्तरगंगा–१०, तकसेरामा सुरु भएको हो । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले गरेका छन् ।

तालिममा पर्यटकीय गन्तव्यको पहिचान, ट्रेकिङ मार्ग व्यवस्थापन, पर्यटकसँगको व्यवहार, प्राथमिक उपचार,पर्यटन सुरक्षा तथा गन्तव्य प्रवर्द्धनलगायत विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । पाँच हजार मिटरभन्दा माथिका हिमाली गन्तव्यको अध्ययन,संरक्षण र प्रवर्द्धनसम्बन्धी विषयसमेत समेटिएको छ ।

त्यस्तै,उद्घाटन कार्यक्रममा अध्यक्ष घर्तीले प्राकृतिक सौन्दर्य, हिमाल, जैविक विविधता र मौलिक संस्कृतिका कारण पुथा उत्तरगंगामा पर्यटन विकासको ठूलो सम्भावना रहेको बताए ।

यस्तै,पर्यटन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रुपमा अघि बढाउने र स्थानीय युवालाई पर्यटन व्यवसायमा दक्ष बनाउने नीति रहेको उनको भनाइ थियो । आयोजकका अनुसार तालिममा सहभागीलाई सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारका सीप प्रदान गरिनेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]