Sidha Patra मंगलबार, जेठ २६, २०८३

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका प्रवक्ता मनिषकुमार सुमनले मंगलबार विज्ञप्ति जारी गर्दै उनलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।

सर्वोच्च अदालतले जसपालाई अमान्य ठहर गर्दै जसपा नेपाललाई वैधानिकता दिइसकेको अवस्थामा अहिरको मन्त्री नियुक्ति असंवैधानिक भएको विज्ञप्तिमा उल्लेख छ । ‘संवैधानिक र कानुनी वस्तुस्थितिको धज्जी उडाउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालेको अनैतिक र स्वेच्छाचारी कदमप्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिरको नियुक्ति कानुनी राज्यको उपहास मात्र नभई लोकतन्त्रमाथिको नाङ्गो प्रहार र बलमिच्याइँको पराकाष्ठा हो, अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गरियोस् ।’

पार्टीको यस न्यायसंगत र कानुनी मागलाई नजरअन्दाज गरिएमा सम्मानित अदालतको मानहानी गर्ने तथा बलमिच्याइँमा उत्रिने लुम्बिनी प्रदेश प्रमुख,मुख्यमन्त्री र एमाले,कांग्रेस सत्ता गठबन्धनविरुद्ध जसपा नेपाल सशक्त कानुनी प्रक्रियामा जान बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । एक हप्ताअघि आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त अहिरले सोमबार मात्रै शपथ लिएका थिए ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]