
Djs
Srbpu
Sgr
Lnp
Pes
pku
Rgp1
Gfs
cjs
Ggp
Pbu
sbs
Unsku
Rgp

Ksm
Rsb
Gst
Rgu
Wsp
Tsm
Rgu
nsb
Rgs
Ssm
Sls
Bbu
Bbbpu
Sbs
Hal
Vor
Asm
Pvg
Ggd

bbt
Rpp
Pls
Bml
Ptm
Gsb
Mks
Jmb
Rmb
Syp
sab
Abd
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पालिका क्षेत्रभित्र रहेका दुई सय बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ ।
गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए ।
शिविरमा १ सय १६ वटा भाले र ८९ वडा पोथी कुकुर गरी २ सय ५ वटा कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ सँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा) को प्राविधिक सहयोगमा बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन गरिएको हो ।
त्यस्तै घरमा पालेको कुकुरहरुलाई बेला बेलामा रेविज विरुद्धको भ्याक्सिन लगाउने गरे तापनि सामुदायिक (छाडा) कुकुरहरूको उपचार र भ्याक्सिनेसन गर्ने काम राज्यको भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । उनले पशुपंक्षीहरुमध्ये कुकुर मानिसको सबै भन्दा नजिकको साथी भएको र घरलगायत अन्य काममा समेत सुरक्षा प्रदान गर्ने भएकाले पालिकाले कुकुरहरुको उन्मूलन नभई व्यवस्थित गर्न लागेको बताए । उनले सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न बन्ध्याकरण तथा रेविज खोप शिविरले ठुलो सहयोग पुग्ने बताए ।
शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण र उपचार गरिएको थियोे । बन्ध्याकरण गरिएका कुकुरहरुलाई नियन्त्रण लिएकै स्थानमा लगेर छोडिएको छ । शिविर मंसिर १० गतेदेखि १३ गतेसम्म पालिकाको वडा नं.४ गोपीनालास्थित पशु उपचार केन्द्रमा सञ्चालन गरिएको थियो ।
त्यस्तै शिविर समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका डाक्टर प्रतिमा विष्ट,अधिकृत कृष्ण न्याैपाने,हिमालयन एनिमल रेस्क्यू काेषका प्रमुख खगेश्वर शर्मा भट्टराई,पशु डाक्टर ,प्राविधिकहरु लगायतको उपस्थिति थियो । पालिकाले गतवर्ष पनि साेही शिविर सञ्चालन गरि तीन सय बढी कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरेको थियो ।
