
Gfs
Srbpu
Rgp
Lnp
pku
Rgp1
Sgr
sbs
Pes
Pbu
cjs
Ggp
Unsku
Djs

Bbbpu
Bbu
Pvg
Asm
Rgu
Wsp
Gst
Rgu
Hal
Tsm
Rsb
Sbs
Sls
Vor
Ssm
Rgs
nsb
Ggd
Ksm

Rpp
Gsb
Bml
bbt
Rmb
Pls
Jmb
Ptm
Jmb
Abd
Syp
sab
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ ।
कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाकाे नाै वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हाे ।
त्यस्तै यो अभियानकाे बुधबार वडा नम्बर २ लालमटियाबाट औपचारिक रूपमा शुरु गरिएको छ । हेलन केयर, भिटामिन एन्जेल र आईडिईको सहयोगमा व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्था द्वारा सञ्चालित ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो । बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ।
यसरी नाप लिदा ५.५ सेन्टिमिटरदेखि ११.५ सेन्टिमिटर: कडा कुपोषण (रातो चिन्ह),११.५ सेन्टिमिटरदेखि १२.५ सेन्टिमिटर: मध्यम कुपोषण (पहेलो चिन्ह) र १२.५ सेन्टिमिटरभन्दा माथि: सामान्य अवस्था मानिन्छ ।
गाउँपालिकाका ९ वटै वडाका ६४ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकाको पाखुराको नाप लिइने योजना रहेको छ ।परियोजनाको पहिलो चरणमा,घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मल्टीसेक्टरल एक्याेन् फर न्यूट्रिसन (मुआक) लिने कार्य गरिनेछ।
मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने हेलन केयरका फिल्ड संयाेजक अनिल केसीले बताए । पाँच वर्षे अवधिमा पालिकाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने संयाेजक केसीले जानकारी दिए ।
व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्थाका जिल्ला सचिव रुपलाल चाैधरीले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, वडा स्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबीच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताए ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले बालविवाह न्यूनीकरण र पोषणयुक्त खानाबारे सचेतना अभिवृद्धि गर्न जोड दिइन् ।
त्यस्तै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष प्रवक्ता पहलवान चाैधरीले बालबालिकाहरु कुपोषणमुक्त भए मात्रै उनीहरूको शारीरिक, मानसिक तथा शैक्षिक अवस्था राम्रो हुने बताउदै याे अभियानलाई सशक्त बनाउनु पर्नेमा जोड दिए । राप्ती गाउँपालिकामा हाल ०.३५ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्यांकले देखाएको छ। यसलाई समाधान गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
