
Ggp
Lnp
pku
Rgp1
Djs
Gfs
Srbpu
Pbu
Rgp
Sgr
Pes
Unsku
cjs
sbs

Rsb
Asm
Bbbpu
Gst
Pvg
Rgu
Ssm
Ggd
Ksm
Tsm
Sbs
Bbu
Wsp
Vor
nsb
Sls
Hal
Rgs
Rgu

Rmb
Abd
Jmb
bbt
Rpp
sab
Mks
Bml
Syp
Pls
Gsb
Ptm
Jmb
दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका र नेपाल नेत्रज्योति संघ,राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा राजपुरको २ नम्बर वडा मटेरियामा नि:शुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको हो ।
उक्त शिविरमा २ सय ३५ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा ३९ जना मोतिबिन्दुका बिरामी पत्ता लागेका छन् । शिविरमा ३० जनालाई नि:शुल्क चस्मा वितरण गरिएको छ । एकीकृत आँखा उपचार केन्द्र राजपुर २ मटेरियाकी प्रमुख आर्जु खनालका अनुसार शिविरमा १ सय ३० महिला र १ सय ५ पुरुषको आँखा जाँच गरिएको थियो ।
मोतिबिन्दुको शल्यक्रिया:
लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ । साथै,अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत नि:शुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ।
PHACO प्रविधिमा शल्यक्रिया गर्दा नामदर्ता, ल्याब टेस्ट,औषधी र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने प्रमुख खनालले बताइन् । यस प्रकारका कार्यक्रमले ग्रामीण भेगका नागरिकहरूको आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
