
Ggp
Pbu
Unsku
Pes
Gfs
Lnp
Djs
Sgr
Srbpu
pku
Rgp
sbs
Rgp1
cjs

Ggd
Asm
Wsp
Rgs
nsb
Pvg
Bbbpu
Sls
Ksm
Gst
Ssm
Vor
Bbu
Rgu
Rgu
Hal
Sbs
Rsb
Tsm

Rmb
Abd
Mks
Pls
bbt
Rpp
Gsb
sab
Jmb
Jmb
Ptm
Bml
Syp
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटको सामुदायिक स्वास्थ्य इकाईमा मधुमेह उच्च रक्तचाप र मृगौला रोग समबन्धी प्रचार प्रसार जनशक्ति परिचालन सम्बन्धि स्क्रिनिङ कार्यक्रम बिहीबार उद्घाटन भएको छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यक्रम दाङको आयोजना र राप्ती गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सन्चालन हुन लागेको हो ।
स्वास्थ्य कार्यालय दाङ र राप्ती गाउँपालिकाको संयुक्तआयोजनामा हुन लागेको स्क्रिनङ कार्यक्रमको २९ गते अभिमुखिकरण तालिम स्वास्थ्य स्वयंसेविका,जनप्रतिनिधि र स्वास्थ्य ब्यबस्थापन समितिहरुको बिचमा भएको छ भने भोलि ३० गते शिबिर नै चल्ने जनाइएको छ ।
स्क्रिनिङ कार्यक्रम कार्तिक ३० गते मौरीघाटमा बिहान १० बजेदेखी सुरु हुने र २:३०बजे भित्र नाम दर्ता गरेको हुनु पर्ने छ । त्यस्तै उक्त शिबिरमा ४० बर्ष उमेर समूहका मधुमेह ,उच्च रक्तचाप,र मृगौला रोगको परिक्षण नि:शुल्क हुने भएको छ । साथै सो शिबिरमा स्थानीय स्वास्थ्य संस्था,महिला स्वास्थ्य स्वयंसेबिका वा शिबिर सन्चालन स्थल मै सम्पर्क गर्नु पर्ने आयोजकले जनाएको छ ।
मधुमेह ,उच्च रक्तचाप,र मृगौला रोगको परिक्षण सम्बन्धि अभिमुखिकरण तालिमको प्रमुख अथिती राप्ती – ४ का वडा अध्यक्ष वीर बहादुर चौधरी रहेका थिए भने,वडा सद्स्यहरु रोशन चौधरी ,समिता चौधरी,बिस्णु पोख्रेल,बालिका सुनार,राप्ती गापा स्वास्थ्य शाखा प्रमुख नारायण रावत,स्वास्थ्य संस्था प्रमुख जानकी रोका लगायत स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा ल्याप असिस्टेन्ट उज्ज्वल कुमार पौडेलले स्वास्थ्य सम्बन्धि विशेष ध्यान दिनु पर्ने बताएका छन् । यस्तै अर्का राप्ती गाउँपालिका स्वास्थ्य प्रमुख नारायण रावतले घिल्लो साल क्यान्सर अस्पतालसंग समन्वय गरेर राप्ती गापाका ६ वटा वडामा शिबिर सन्चालन गरेको बताए । यस वर्ष राप्तीका ९ वटा वडामा स्तन क्यान्सर समबन्धी शिबिर सन्चाल्न गर्ने योजना रहेको बताएका छन् । प्रत्येक वर्ष क्यान्सर रोगीहरु ३०/ ३५ दरले बढी राखेको र यो नसर्ने रोगको परिक्षण गर्ने अभियानमै रहेको उनले बताए ।
त्यस्तै नियमित कार्यलय प्रमुख किशोर कुमार आचार्यको अध्यक्षताबाट सुरु भएको कार्यक्रम हेल्थ असिस्टेन्ट निम बहादुर रावतले सन्चालन गरेका थिए ।
